९ असाेज २०७९, आईतबार
टुलिका कलाको ‘खोलो’ प्रदर्शनी मंगलबारदेखि
  • मध्यमार्ग

टुलिका कलाको कला प्रदर्शनी ‘खोलो २ (५)’ मंगलबारदेखि सुरु हुने भएको छ। ‘खोलो २ (५): अ साईकल अफ लाइफ’ नाम दिइएको कला प्रदर्शनी काठमाडौं ट्रेनालेसँगको सहकार्य अन्तर्गत टुलिकाले गरेको हो।

प्रदर्शनी पाटन ढोकास्थित ढोकैम क्याफेमा हुने टुलिकाका संस्थापक तथा क्युरेटर उजेन नोर्बु गुरुङले बताए। प्रदर्शनीमा २२  कलाकारहरूले परम्परागत, समसामयिक र मूर्तिकला कलाको प्रदर्शन गर्ने भएका छन्।

प्रदर्शनीमा अग्रज कलाकार लोक चित्रकार, उदयचरण श्रेष्ठ, रवि श्रेष्ठ र प्रथमराज बज्राचार्यलगायतको कला प्रदर्शनी रहेको छ। यी बाहेक, युवा कलाकारहरु सुन्दर श्रेष्ठ, प्रवेश राई, विकास कालीकोटे, राजकुमार राणा, नरेन्द्र मल्ल, राजन साँगाछेन, रोजिना सिङ्खवाल, रजनी सिङ्खवाल, सुजित श्रेष्ठ, सुजन श्रेष्ठ, क्रिस्टिना डंगोल, सरु प्रजापति, कैलाश श्रेष्ठ, किशोर ज्योति, टिसा श्रेष्ठ, कृष्णभक्त डंगोल, आशिम शाक्य र पृथ्वी श्रेष्ठलगायतका कलाकारको कला प्रदर्शनी हुनेछ।

मंगलबारबाट सुरु हुने प्रदर्शनी एक हप्तासम्म चल्नेछ।

  • १६ फागुन २०७८, सोमबार १७:३८ मा प्रकाशित
  • Nabintech