९ असाेज २०७९, आईतबार
‘छड्के २’ मा अनमोल केसीको इन्ट्री
  • मध्यमार्ग

काठमाडौं– फिल्म ‘छड्के २’मा अभिनेताका रुपमा अनमोल केसी अनुबन्धित भएका छन्। फिल्मका निर्देशक निगम श्रेष्ठका अनुसार फिल्ममा मुख्य कलाकारको रुपमा अनमोललाई लिइएको छ।

अनमोलले दुई साताअघि मात्र फिल्मका लागि सम्झौता गरेका थिए। करिब एक दशकअघि बनेको फिल्मको सिरिजको रुपमा बन्न लागेको हो।

२०१३ मा रिलिज भएको ‘छड्के’को निरन्तरताको रुपमा बन्न लागेको यो फिल्ममा पहिलेको कथावस्तु र कलाकार नभएर नयाँ विषयवस्तु समेटिएको बताइएको छ। फिल्ममा नयाँ स्वादको कथासँगै नयाँ अनुहारहरु दर्शकले देख्न पाउने निर्माण पक्षको दाबी छ।

निर्वाण फिल्म्सको ब्यानरमा बनेको यो फिल्ममा कमेडी र ग्याङस्टर जनरालाई प्रस्तुत गरिने बताइएको छ। फिल्मको छायांकन केही समयपछि चितवन र मनाङमा गर्ने तयारी छ।

  • १६ असार २०७९, बिहीबार ०७:१८ मा प्रकाशित
  • Nabintech