९ असाेज २०७९, आईतबार
रौतहटमा ‘आरती’को छायांकन, मैथिली र भोजपुरीमा समेत डबिङ गरिने
  • मध्यमार्ग

रौतहट- यतिबेला रौतहटमा नेपाली वेब सिरिज ‘आरती’को धमाधम छायांकन भइरहेको छ। रेज इन्टरटेन्मेन्टको ब्यानरमा बन्दै गरेको सिरिजमा आशिष कुमार दासको निर्माण तथा रोशन दासको कथा, निर्देशन रहेको छ।

नितेश घतानको छायांकन र हिक्मत शर्माको लेखन रहेको यो सिरिज नेपालमा निर्माण भइरहेका चलचित्र र सिरिजहरूभन्दा फरक कथा र परिवेश समेटिएको निर्देशक दास बताउँछन्।

विशेषत: यस रिरिजमा समेटिएका दृश्य र कथा तराईमा बसोबास गर्ने आम मानिसको जीवनसँग मेल खाने भएकाले उत्साहपूर्वक सफलता पाउनेमा आफू आशावादी रहेको निर्देशक दासले बताए।

सिरिजमा नयाँ तथा पुराना कलाकारहरूको अभिनय रहेको छ। कलाकारहरूमा राज पौडेल, गीता श्री, नूतन, मनिशा गिरी, हरि कँडेल, खेमराज कोइराला, सपना शर्मा, शिब कुर्मी, कृष्ण खडका, बिक्कि शाह, जय मंगल पासवान, दीप नारायण शर्मा, अनमोल दासलगायतका कलाकारको अभिनय छ।

साथै, भोजपुरी कलाकारको पनि अभिनय रहेको छ। यो बेव सिरिज मैथिली र भोजपुरीमा समेत डबिङ गरि अन्तर्राष्ट्रिय बजारमा पनि वितरण गरिनेछ।

  • १५ असार २०७९, बुधबार २२:१६ मा प्रकाशित
  • Nabintech