काठमाडौं- बैंकिङ कसुरको मुद्दामा एक दिन कैद सजाय सुनाइएकी एक महिलालाई प्रहरीले साढे ७ वर्षपछि पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चितवनकी ४१ वर्षीया बबिता पन्त पौडेललाई पक्राउ गरेको हो।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले २०७१ माघ २९ गते उनलाई एक दिन कैद र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
उनले जनरल फाइनान्स लिमिटेडको कर्जा दुरुपयोग गरी अनुचित लाभ लिएको आरोप लागेको थियो।
१५ असार २०७९, बुधबार १९:४७ मा प्रकाशित