२० असाेज २०७९, बिहीबार
बलात्कार आरोपमा वडाध्यक्षसहित दुई जना पक्राउ
  • मध्यमार्ग

बैतडी- बैतडीमा बलात्कारको आरोपमा वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन्।

मेलौली नगरपालिका-१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँ बस्ने केशव सिंह पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशी अनुसार पीडित महिलाले दिएको जाहेरीका आधारमा वडाध्यक्षसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको छ।

अध्यक्ष नेगी गएको वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए।

  • १५ असार २०७९, बुधबार १९:३८ मा प्रकाशित
  • Nabintech