१० मंसिर २०७९, शनिबार
काठमाडौं महानगरमा खुल्ला स्थानमा पानीपुरी लगायतका खानेकुरा बेच्न नपाइने
  • मध्यमार्ग

काठमाडौं–  काठमाडौं महानगरपालिकाले हैजा संक्रमण नियन्त्रणका लागि भन्दै खुल्ला स्थानमा खानेकुरा बेच्न निषेध गरेको छ ।

महानगरले मंगलबारदेखि नै खुल्ला सडकमा खानेकुरा बेच्न निषेध गरिएको जनाएको छ ।

महानगरले उपत्यकामा हैजाका बिरामी बढेको भन्दै पानी प्रयोग हुने खानेकुरा खुल्लामा बेच्न रोक लगाएको हो ।

आदेशको उल्लंघन गरेमा जरिवानासहित कारवाही गरिने महानगरले चेतावनी पनि दिएको छ ।

त्यसैगरी, होटल रेष्टुराँको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागलाई अनुरोध गरिएको पनि महानगरका स्वास्थ्य विभागले जनाएको छ ।

महानगरले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई पानीको पाइपलाइन तथा ढल प्रणालीको अवस्था हेर्न तथा सुधार गर्न पनि अनुरोध गरेको जनाएको छ ।

यसअघि ललितपुर महानगरपालिकाले पनि पानीपुरी बेच्ने निषेध गरेको थियो ।

  • १४ असार २०७९, मंगलबार २०:०२ मा प्रकाशित
  • Nabintech