१० मंसिर २०७९, शनिबार
नेप्से २३ अंकले घट्यो
  • मध्यमार्ग

 

काठमाडौँ । साताको पहिलो दिन आइतबार ९४ अंकले बढेको शेयर बजारको खुशी एक दिन पनि टिकेन ।

साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३ अंकले घटेको छ ।

आजको दिन २३.८५ अंकले घट्दै नेप्से १९३३.१३ मा झरेको छ । त्यस्तै आज केही कम्पनीले कमाएका छन् भने धेरैले गुमाएका छन् ।

विभिन्न कम्पनीका ५६ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोड बढीको कारोबार भएको छ ।

  • १३ असार २०७९, सोमबार १५:१२ मा प्रकाशित
  • Nabintech