९ असाेज २०७९, आईतबार
भक्कानिँदै विदा भइन् झाँक्री
  • मध्यमार्ग

काठमाडौँ । राजीनामा दिएपछि गरिएको पत्रकार सम्मेलनमा शहरी विकासमन्त्री रामकुमारी झाँक्री निकै भावुक बनेकी छन् ।

अत्यन्तै भावुक बनेकाले उनले पत्रकारसँग खुलेर बोल्न पनि सकिनन् ।

सम्मेलनमा कर्मचारीले मन्त्रालयको कार्य विवरण बुझाएका थिए ।

उनीहरुले ‘फेरि भेटौंला’ भन्दै मन्त्री झाँक्रीको विदाइ गरेका थिए । झाँक्री सुरुदेखि भावविव्हल हुँदै आफू बोल्न सक्ने अवस्थामा समेत नरहेको बताइन् ।

पत्रकारको तर्फबाट दुईवटा मात्रै प्रश्न गर्न उनले आग्रह गरिन् । तर, पहिलो प्रश्नमै उनी रुन थालिन् ।

एक पत्रकारले किन भावुक हुनुभएको भनेर सोधेको प्रश्नले उनी झन् विह्वल बनिन् । प्रश्न सुन्नासाथ उनी बरबर आँसु झार्न थालिन् । बरु रिस उठ्ने प्रश्न सोध्न आग्रह गरिन् ।

  • १२ असार २०७९, आईतबार २१:३० मा प्रकाशित
  • Nabintech