काठमाडौँ । लामो समयपछि शेयर बजारमा उछाल आएको छ ।
साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९२ अंकले बढेको छ ।
आजको दिन ९४.९२ अंकले बढ्दै नेप्से १९५६.९९ बिन्दुमा पुगेको छ ।
आजको दिन करिब सबै कम्पनीहरुले कमाएका छन् । त्यस्तै, करिब २० कम्पनीले १० प्रतिशत बढी मुनाफा आर्जन गरेका छन् । कारोबार रकम पनि ह्वात्तै बढेको छ ।
आइतबार विभिन्न कम्पनीका ७६ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब १९ करोड ६१ लाख बढी कारोबार भएको छ ।
केही महिनापछि २ अर्ब बढीको कारोबार भएको हो ।
१२ असार २०७९, आईतबार १५:१४ मा प्रकाशित