काठमाडौँ, १२ असार । मोरङको उर्लाबारीमा आफन्तको जन्मदिन मनाउन आएका एक बृद्ध मृत फेला परेका छन् ।
झापाबाट मोरङ पाहुना आएका नैनसिंह विकको शव आइतबार खेतमा भेटिएको प्रहरीले जनाएको छ ।
उनी बयरडाँगीस्थित आफन्त खेमबहादुर दर्नालको घरमा आएका थिए ।
बिकको शव घोप्टो परेको अवस्थामा भेटिएको हो । मृत्युको कारण भने खुलेको छैन ।
शवको पोस्टमार्टमको लागि मंगलबारे अस्ततालमा राखिएको छ ।
१२ असार २०७९, आईतबार १३:२७ मा प्रकाशित