काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
चर्को मूल्य वृद्धिको चौतर्फी विरोध भएसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
यससँगै, पेट्रोलको मूल्य प्रतिलिटर १७९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ ।
हेर्नुस् निगमको विज्ञप्तिः

११ असार २०७९, शनिबार १९:०१ मा प्रकाशित