काठमाडौँ । नेपालले अमेरिकाकाले सैन्य गठबन्धन स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी हुन अस्वीकार गरेमो चीनले प्रशंसा गरेको छ ।
बिहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनिया बिदेश मन्त्रालयका प्रवक्ता वाङ वेनले नेपालको निर्णयलाई चीनले नोटिसमा लिएको बताए ।
उनले नेपालमा एसपीपीलाई लिएर जनता, धेरै राजनीतिक दलसहित सेनाले समेत विरोध गरेको उल्लेख गरे ।
एसपीपी हिन्द प्रशान्त सैनिक रणनीतिको अंग भएको र यसले नेपालको राष्ट्रिय स्वार्थमा असर पर्ने देखेर नेपालले एसपीपीबाट बाहिरिने निर्णय गरेको उनको भनाइ छ ।
चीनले नेपाललाई असल छिमेकीको रुपमा सधै सहयोग गर्ने र नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षाका लागि सदैव साथमा रहने प्रवक्ता वेन स्पष्ट पारे ।
उनले नेपालको असंलग्न परराष्ट्र नीतिलाई चीनले सँधै सम्मान गर्ने बताए ।
९ असार २०७९, बिहीबार १९:४७ मा प्रकाशित