काठमाडौँ । नेपालमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ ।
भारतमा कोरोना संक्रमित बढ्न थालेपछि नेपालमा पनि त्यसको प्रभाव परेको हो ।
बिहीबार पछिल्लो २४ घण्टामा २४९४ जनामा कोरोना परीक्षण हुँदा ४९ जनामा संक्रमण पुष्टि भएको छ । जबकी वुधबार ३१ जनामा संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारको परीक्षणअनुसार संक्रमणदर १.९६ प्रतिशत रहेको छ । अघिल्लो दिन त्यस्तो संक्रमणदर १.२७ प्रतिशत रहेको थियो । अघिल्लो सातासम्म कोरोना संक्रमणदर ०.५ प्रतिशतमा सीमित थियो ।
त्यस्तै, २४ घण्टामा १२ जना संक्रमणमुक्त भएका छन् भने १६३ जना सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म ९ लाख ६७ हजार ३४२ जना निको भएका छन् । हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।
९ असार २०७९, बिहीबार १८:१२ मा प्रकाशित