काठमाडौँ । शेयर बजारमा पहिरो जाने क्रम निरन्तर जारी छ ।
साताको पाँचौँ दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५.२५ अंकले घट्दै १८४८.२८ को बिन्दुमा झरेको छ ।
त्यस्तै, आजको दिन सबै कम्पनीले गुमाएका छन् भने कारोबार रकम भने केही बढेको छ ।
बिहीबार विभिन्न कम्पनीका ५० लाख कित्ता शेयर किनबेच हुँदा करिब एक अर्ब ५० करोडका कारोबार भएको छ ।
९ असार २०७९, बिहीबार १५:१३ मा प्रकाशित