काठमाडौँ । काठमाडौँको बागबजारका धारा तथा ट्युबवेलको पानीमा हैजा फैलाउने जीवणु भेटिएको पुष्टि भएको छ ।
त्यस क्षेत्रका पानीका श्रोतको नमुना परीक्षण गराउँदा हैजा फैलाउने जीवाणु भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
परीक्षणमा पानीमा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको छ । इकोली र कोलीफर्म मानिसको दिसामा रहने संक्रामक जिवाणु हो ।
हालसम्म ५ जनामा हैजा पुष्टि भइसकेको छ ।
पानीमा हैजा भेटिएपछि विज्ञहरुले पानी उमालेर मात्रै पिउनलाई सुझाव दिएका छन् ।
दिसामा पाइने जीवाणु कोलीफर्म तथा इकोली भएको पानी पिउँदा मान्छेको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिन्छ ।
दिसामा पाइने जीवाणुले आउँ, झाडापखाला, जण्डिस लगायतका समस्या देखा पर्नुका साथै मिर्गौला तथा कलेजोमा पनि असर गर्ने चिकित्सकहरुको भनाइ छ ।
८ असार २०७९, बुधबार २२:५३ मा प्रकाशित