काठमाडौँ । लामो समयपछि मंगलबार ३९ अंकले बढेको शेयर बजारको उत्साह एक दिन पनि टिकेन ।
वुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.२१ अंकले घट्दै १८९३.५३ अंकको बिन्दुमा झरेको छ ।
आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् भने कारोबार रकम पनि एक अर्ब तलै खुम्चिएको छ । विभिन्न कम्पनीका ३० लाख कित्ता शेयर किनबेच हुँदा ८४ करोडा बराबर भएको छ ।
८ असार २०७९, बुधबार १५:२० मा प्रकाशित