काठमाडौँ । निर्वाचन आयोगमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता निवेदन खारेज गर्न उजुरी परेको छ ।
वुधबार लामिछानेको पार्टी दर्ताको खारेजीको माग गर्दै स्वतन्त्र उम्मेदवारी अभियानले निर्वाचन आयोगमा उजुरी दिएको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निवेदन आएको जानकारी दिएका छन् ।
अभियानका संयोजक डम्बर शाहुले दिएको उजुरीमा पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नहुने माग गरिएको छ ।
रविले मंगलबार राष्ट्रिय सभा गृहबाट आफ्नो नयाँ पार्टीको घोषणा गरेका थिए । आफ्नो पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राख्ने उनले घोषणा गरेका थिए ।
मंगलबार नै नेकपा एमालेका नेता सूर्य थापाले रविले स्वतन्त्र पार्टीलाई निर्वाचन आयोगले दर्ता गर्न नहुने टिप्पणी गरेका थिए । त्यसकै भोलिपल्ट वुधबार स्वतन्त्र उम्मेदवार अभिायनले रविको पार्टीको दर्ता निवेदन खोरजी गर्नुपर्ने माग गर्दै उजुरी दिएको हो ।
८ असार २०७९, बुधबार १३:०१ मा प्रकाशित