२० असाेज २०७९, बिहीबार
काठमाडौँका यी ३३ संघ संस्थाले निःशुल्क शौचालय प्रयोग दिने (सूचीसहित)
  • मध्यमार्ग

काठमाडौँ । अब काठमाडौँ महानगरपालिकाका विभिन्न ३३ वटा संघ संस्थाहरुले आफ्ना शौचालय निःशुल्क प्रयोग गर्न दिने सम्झौता गरेका छन् ।

महानगरका मेयर बालेन्द्र साह (बालेन) को आग्रहमा विभिन्न बैंक, रेष्टुरेन्ट, स्कुल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिसँग मंगलबार निःशुल्क शौचालय उपयोग गर्न दिइनेबारे सम्झौता भएको हो ।

सम्झौता पत्रमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरका तर्फबाट निर्देशक नुरनिधि न्यौपानेले हस्ताक्षर गरेका छन् ।

त्यस्तै, संस्थाका सम्बन्धित प्रतिनिधिहरुले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता आउँदो ५ वर्षका लागि हुनेछ । यस अवधिमा संघसंस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछन् । यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा उनीहरूकै हुनेछ ।

यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मुल्याङ्कन गर्न दुवै पक्षबाट १÷१ जना प्रतिनिधि तोकिने संझौतामा उल्लेख छ । उनीहरूले हरेक ४ महिनामा प्रतिवेदन दिनेछन ।

महानगरले प्रकाशित सूचनाका आधारमा ७ दिनमा ३८ वटा संघसंस्था सम्पर्कमा आएका थिए ।

‘यो स्वतस्फूर्त कार्यक्रम हो । कसैलाई कर गरिएको छैन’, सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका प्रमुख साहले भने, ‘व्यापार गर्नेले सेवा पनि गर्छु भनेर आउनुभयो। यसको म प्रशंशा गर्न चाहन्छु। यसमा कसैलाई दबाब छैन। अब दबाबले होइन, मिलेर काम गर्नुपर्छ ।’

यी संघ संस्थाका शौचालय सार्वजनिक रुपमा प्रयोग हुनेः

१) टायम्स स्क्वायर, लज एण्ड बार, बालुवाटार
२) पशुपति भ्यु होटल एण्ड रेष्टुरेन्ट, बालकुमारी टोल
३) डेन्टल भिल्ला, वडा नं. १४, बल्खु
४) देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. अन्तर्गत
क) पिजा हट, वडा नं. १ दरबारमार्ग
ख) केएफसी, वडा नं. १ दरबारमार्ग
ग) केएफसी, वडा नं. ६ बौद्ध
५) डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, बसन्तपुर
६) होटल रत्नज्योती, पेरिसडाँडा
७) नेक्सस ग्लोबल भिसा एण्ड इमिग्रेसन प्रा. लि, शंखमुल
८) खानेकुरा प्रा. लि., गौशाला
९) सांग्रिला डेभलपमेन्ट बैंक, बालुवाटार
१०) बेबिलोन नेशनल स्कूल, शान्तिनगर
११) ओटिसी किचेन रेष्टुरेन्ट, बालुवाटार
१२) नेपालय पब्लिकेसन, डिल्लीबजार
१३) बसुन्धरा एण्ड गोङ्गबु एरिया रेष्टुरेन्ट, बसुन्धरा
१४) गोमा लक्ष्मी इन्टरनेशनल, ठमेल
१५) घराना लञ्च एण्ड बार, बानेश्वर
१६) कामना सेवा विकास बैंक, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलंकी, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड,
१७) सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी
१८) नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रा. लि., पुतलीसडक
१९) आरडीएक्स बार प्रा. लि. ठमेल
२०) नेपालगञ्ज विरयानी, डिल्लीबजार पिपलबोट
२१) कार्निभल रेष्ट्रो एण्ड मिटिङ्, बिजुलीबजार
२२) बार्दली रेष्ट्रो एण्ड मिटिङ्, शंखमुल
२२) नेशनल विजनेस ट्रेड सेन्टर, कलंकी
२३) सांग्रिला डिपलपमेन्ट बैंक, बालुवाटार
२४) बिन्का लङ्, छाउनी
२५) प्रोग्रेसियो विस्ट्रो पिबीज रेष्टुरेन्ट, बौद्ध
२६) मिलाल्याण्ड डिभलपमेन्ट प्रा. लि., कलंकी
२७) क्रिम्पजी एडभान्चर हव, बौद्ध
२८) बर्गर हब एण्ड केसीए चिकेन, बिजुलीबजार
२९) अनुपम फुडल्याण्ड, बत्तीसपुतली
३०) रिट्रिप क्याफे, बौद्ध
३१) चिकेन स्टेशन
३२) स्तुपा हब, बौद्ध
३३) नवील बैंक

  • ७ असार २०७९, मंगलबार २०:०८ मा प्रकाशित
  • Nabintech