काठमाडौँ । रुपन्देहीको भैरहवास्थित प्रदेशस्तरीय बाल सुधार गृहमा प्रहरीमाथि आक्रमण हुँदा डीएसपी घाइते भएका छन् ।
बालगृहका किशोरहरुलाई सार्ने तयारी गरिएपछि त्यसको विरोधमा १८ वर्ष मुनिका किशोरहरुले ताला लगाएर प्रहरीको प्रवेश रोक्दै आक्रमण गरेका हुन् ।
आक्रमणबाट जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेल र बडिगार्ड टोपबहादुर रखाल घाइते भएका प्रहरीले जनाएको छ ।
किशोरहरुले सुधार गृहको सिसा समेत फुटाएका छन् ।
६० जना क्षमताको सुधार गृहमा १०६ जना बढी राखिएको छ ।
स्थानीयले बाल सुधार गृहका किशोरहरुको व्यवहार अमर्यादित बनेको भन्दै निवेदन दिएपछि स्थानान्तरणको तयारी गरिएको बताइएको छ ।
भैरहवामा चार वर्ष अघिदेखि प्रदेशस्तरीय बाल सुधार गृह सञ्चालनमा आएको हो ।
७ असार २०७९, मंगलबार १७:३३ मा प्रकाशित