काठमाडौँ । लामो समयपछि शेयर बजारमा हरियाली छाएको छ ।
साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३९.९३ अंकले बढ्दै नेप्से १९२४.७४ अंकमा पुगेको छ ।
आजको दिन अधिकांश कम्पनीले कमाएका छन् । मंगलबार विभिन्न कम्पनीका ३७ लाख बढी कित्ता शेयर किनबेच हुँदा एक अर्ब २५ करोडको कारोबार भएको छ ।
७ असार २०७९, मंगलबार १५:४० मा प्रकाशित