काठमाडौँ । वायु सेवा सञ्चालक संघ नेपालले वुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ ।
हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग गर्दै संघले यस्तो घोषणा गरेको हो ।
मंगलबार पत्रकार सम्मेलनमार्फत ५ बुँदे माग राख्दै संघले वुधबारदेखि उडान रोक्ने घोषणा गरेको हो ।
संघले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ ।
त्यस्तै, संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका पूर्वाधारको माग गरेको छ ।
७ असार २०७९, मंगलबार १५:२२ मा प्रकाशित