१७ असाेज २०७९, सोमबार
बालेनको चुनावी खर्च ३ लाख ९४ हजार मात्रै
  • मध्यमार्ग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्थानीय तह निर्वाचनमा भएको खर्च सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफूले निर्वाचनमा गरेको खर्च सार्वजनिक गरेका हुन् ।

ढिला गरी खर्च सार्वजनिक गरेकोमा माफी माग्दै शाहले आफूले चुनावमा ३ लाख ९४ हजार ४८९ रुपैयाँ खर्च गरेको जनाएका छन् ।

जसमध्ये एक लाख मतगणनाको समयमा मात्रै खर्च भएको साहको भनाइ छ ।

खर्च सार्वजनिक गर्दै मेयर साह लेख्छन्, ’खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने थियो तर विभिन्न कारणहरूले सो ढिलो भएकोमा माफी चाहन्छौँ । हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरानब्बे हजार चार सय उनान्नब्बे रुपैयाँ (रु. ३,९४,४८९) भएको छ । जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढी भएको थियो । मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महँगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ । र, भन्नै पर्ने कुरा छ ( एउटा उम्मेदवारका रूपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि सङ्ख्या राखेर देखाउन सक्दैन । त्यो अमूल्य साथ र विश्वासले दिएको जिम्मेवारी पुरा गराउन हामी हरसमय खटिरहनेछौँ ।’

  • ६ असार २०७९, सोमबार २१:३६ मा प्रकाशित
  • Nabintech