काठमाडौँ । सरकारले अमेरिकालाई एसपीपी सम्झौता नगर्ने पत्र लेख्ने निर्णय गरेको छ ।
सामाजिक सञ्जालसहित सर्वत्र आलोचना भएपछि आज बसेको मन्त्रिपरिषद्को बैठकले एसपीसी सम्झौता नगर्ने पत्र अमेरिकालाई निर्णय गरेको एक मन्त्रीले जनाएका छन् ।
त्यस्तै, बैठकले नेपाल वायुसेना निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने निर्णय समेत गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग विवाद भएपछि अधिकारीलाई निलम्बन गरिएको हो । मन्त्री आलेले अधिकारीलाई निलम्बनको सिफारिस गरेको बताइएको छ ।
६ असार २०७९, सोमबार २०:०५ मा प्रकाशित