९ असाेज २०७९, आईतबार
८ वर्ष अघिको बलात्कार आरोपमा मनोज पाण्डे थुनामा पठाउन अदालतको आदेश
  • मध्यमार्ग

 

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले मनोज पाण्डेलाई बलात्कार आरोपमा थुनामा पठाउने आदेश जारी गरेको छ ।

पाण्डेमाथि ८ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई करणी गरेको आरोप थियो ।

पाण्डेमाथि प्रहरीले मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कसुरमा पक्राउ गरी मुद्दा चलाएको थियो ।

अदालतको आदेशसँगै पाण्डेलाई डिल्लीबजार कारागार पठाइएको छ ।

  • ६ असार २०७९, सोमबार १७:५४ मा प्रकाशित
  • Nabintech