काठमाडौँ । विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरेर गुणस्तरहीन पानीको जार बेचेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठ रहेका प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।
प्रहरीले उनीहरुलाई अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी विक्री गरेको अभियोगमा १९७ वटा जारसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले जार डेलिभरी गर्न प्रयोग गरिएको दुई वटा गाडी पनि प्रहरीले बरामद गरेको छ ।
थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले पक्राउ परेका व्यक्ति र जारलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, बबरमहल पठाएको प्रहरीले जनाएको छ ।
६ असार २०७९, सोमबार १७:४१ मा प्रकाशित