९ असाेज २०७९, आईतबार
जग्गा धितो रोक नलगाउन सर्वोच्चको अन्तरिम आदेश (आदेशसहित)
  • मध्यमार्ग

काठमडौँ । सर्वोच्च अदालतले जग्गा जमिन धितो बन्धकीमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ ।

गत जेठ २७ गते भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्री भू–उपयोग नियमावलीअनुसार जग्गाको वर्गीकरण नभएसम्म जग्गा धितो राख्न नपाउने निर्णय गरेका थिए ।

विष्णुबहादुर सुनुवारले दिएको रिटको सुनवाइ गर्दै सर्वोच्च अदालतले सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले यस्तो आदेश दिएको हो ।

जग्गाको बर्गीकरण गर्ने आधारको रुपमा रहेको भू–उपयोग नियमावली २०७९ को आधारमा हालसम्म पनि जग्गाको वर्गीकरण नभइसकेको र अनिश्चितकालसम्म जग्गा धितो बन्धकी राख्न नपाउने व्यवस्था गर्दा नागरिकको मौलिक हकसँग सम्बन्धित कुरामा अनुचित असर पर्न जाने सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ ।

 

  • ६ असार २०७९, सोमबार १७:३० मा प्रकाशित
  • Nabintech