काठमाडौँ । सरकारले इन्धनको मूल्य वृद्धि गरेसँगै हवाई भाडा पनि वृद्धि भएको छ ।
नेपाल आयल निगमले सोमबारदेखि लागू हुनेरी इन्धनको मूल्य बढाएपछि वायुसेवा सञ्चालक कम्पनीहरुले हवाई भाडा बढाएका हुन् ।
वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट सबैभन्दा धेरै धनगढीका लागि ८४० रुपैयाँ वृद्धि भएको ।
अब काठमाडौँ–धनगढी रुटको भाडा अधिकतम १६ हजार ८०५ रुपैयाँ पुगेको छ ।
यो सबैभन्दा उच्च दर हो । कम्पनीहरुले अब प्रतिस्पर्धामा टिकट बेच्न सक्छन् ।
नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ बढाएर १८५ रुपैयाँ पुर्याएको छ । वृद्धि भएको हवाई भाडा वुधबारदेखि लागू हुनेछ ।
यस्तो छ बढेको हवाई भाडाः

६ असार २०७९, सोमबार १७:०८ मा प्रकाशित