२० असाेज २०७९, बिहीबार
एमालेसँग छलफल गरेर एसपीपी सधैँका लागि बन्द गर्न देउवालाई महामन्त्रीद्वयको सुझाव
  • मध्यमार्ग

 

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग पछिल्लो घटनाक्रमका विषयमा छलफल गरेका छन् ।

उनीहरुले सोमबार विहान बालुवाटार पुगेर समसामयिक विषयमा छलफल गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्री देउवासँग पार्टी नीति महाधिवेशन, केन्द्रीय कार्यसमिति बैठक, विभागहरू गठन, भ्रातृ संघसंस्था पूर्णता र अधिवेशनबारे छलफल गरेको बताइएको छ । कांग्रेसको विधान सम्पन्न भएको ६ महिना बितिसक्दा पनि सांगठनिक कार्य गर्न बाँकी रहेका छन् ।

महामन्त्रीद्वयले असार १० गतेभित्र अनुशासन समिति केन्द्रीय निर्वाचन समिति, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र केन्द्रीय विभागहरु गठनका लागि उनीहरुले पनि सभापति देउवाको ध्यानाकर्षण गराएका छन् । पार्टी संरचना मात्र होइन भ्रातृ संस्था पनि लथालिङ्ग अवस्थामा छन् ।

त्यस्तै, उनीहरूले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)बारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि छलफल गर्न देउवालाई सुझाव दिएका छन् ।

उनीहरु राष्ट्रिय सहमति जुटाएर एसपीपी सधैँका लागि बन्द गर्न प्रधानमन्त्री देउवालाई आह्वान गरेका छन् ।

  • ६ असार २०७९, सोमबार १७:०० मा प्रकाशित
  • Nabintech