काठमाडौँ । सुनसरीमा शुक्रबार साथीलाई भेट्न घरबाट गएका युवक बेपत्ता भएपछि प्रहरीले खोजी सुरु गरेको छ ।
सुनसरीको दुहबी नगरपालिका– ६ का १८ वर्षीय अफरोज मिया बेपत्ता भएका हुन् ।
शुक्रबार घरबाट निस्किएका उनी घर नफर्केपछि शनिबार परिवारले परिवारलाई खबर गरेका थिए ।
प्रहरीले युवकका तीन जना साथीलाई पक्राउ गरेको छ ।
उनीहरुले अफरोजको हत्या गरी बूढी खोलामा फालेको बयान दिएका प्रहरीले जनाएको छ ।
त्यही बयानकै आधारमाा प्रहरीले बूढीखोला आसपास युवकको खोजी गरिरहेको छ ।
आइतबार राती खोलामा कपडा भेटिएको प्रहरीले जनाएको छ ।
बाढीका कारण खोजी गर्न अप्ठ्यारो परेको तर सोमबार विहानैदेखि खोजी गरिरहेको प्रहरीको भनाइ छ ।
सोमबार प्रहरीले शंकास्पद स्थानहरुमा डोजर प्रयोग गरेर खोजी गरेको थियो । शव फेला परेको छैन ।
प्रहरीले पक्राउ ष्जना दुहबी नगरपालिका– ६ र एक जना मोरङको बूढीगंगा गाउँपालिकाका हुन् ।
६ असार २०७९, सोमबार १६:३६ मा प्रकाशित