काठमाडौँ । शेयर बजारमा पहिरो जाने क्रम रोकिएको छैन ।
साताको दोस्रो दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भारी गिरावट आएको छ ।
आजको दिनमा ४९.३१ ले ओरालो लाग्दै नेप्से १८८४.८१ को बिन्दुमा झरेको छ ।
कारोबार रकम भने केही बढेको छ । सोमबार विभिन्न कम्पनीका ६१ लाख ८६ हजार कित्ता किनबेच हुँदा करिब एक अर्ब ७५ करोडको कारोबार भएको छ ।
सोमबार अधिकांश कम्पनीले गुमाएका छन् ।
६ असार २०७९, सोमबार १६:३२ मा प्रकाशित