काठमाडौँ । नेकपा माओवादी केन्द्र सम्वद्ध अनेरास्ववियु क्रान्तिकारीको तेस्रो विस्तारित बैठकमा कुटाकुट भएको छ ।
आइतबार नेतृत्व चयनप्रति असन्तुष्ट रहेका समूह र अर्को पक्षबीच कुटाकुट भएको हो ।
असन्तुष्ट समूहले बैठक हलमा विधि विधान लागु गर भन्दै नाराबाजी गरेपछि दुई पक्षबीच कुटाकुट भएको हो ।
महासचिव दीपेश पुन झडप रोक्न प्रयास गरेपनि नाराबाजी कायम रहेको थियो ।
असन्तुष्ट पक्षले नेतृत्वलाई तानशाही गुटको संज्ञा दिएको छ ।
यसअघि बैठकको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भनिएको थियो । कुटाकुट भएपछि भने प्रचण्ड नजाने भएका छन् ।
विवादले चरम बनेपछि नेपाल प्रहरीले र सशस्त्र प्रहरीले भीड हटाएको थियो ।
५ असार २०७९, आईतबार १८:४२ मा प्रकाशित