काठमाडौ । नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्यूरोले सात करोडको जग्गा किर्ते गरि ठगी गर्ने गिरोहमा सामेल भएका व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
ब्यूराले जापानमा बसेको व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको कीर्तिपुरमा रहेको ११ आना २ पैसा जग्गा बिक्री गरेको खुलेको जनाएको हो ।
२०५५ सालदेखि जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा एक गिरोहले नक्कली कागजपत्र बनाएर बिक्री गरेको सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोले स्पष्ट पारे ।
आइतबार पत्रकार सम्मेलन गर्दै सीआइबीका महतोका अनुसार शान्तिदेवीको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर र नक्कली श्रीमान खडा गरेर जग्गा बिक्री गरेको पाईएको छ ।
प्रहरीले महावीर चन्द, गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र ममता श्रेष्ठाई पक्राउ गरेको छ ।
५ असार २०७९, आईतबार १८:३० मा प्रकाशित