काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहमाथि चप्पल प्रहार भएको छ ।
आइतबार बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन ज्ञापनपत्र बुझाउन आएको समुहले उनीमाथि चप्पलले आक्रमण गरेका हुन् ।
उक्त समुहले उपमहानगर प्रमुखलाई भेट्न खोजेका थिए ।
उनी नभेटिएपछि उपप्रमुख साहलाई ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुझेर सम्बोधन थालेपछि चित्त नबुझेपछि एक महिलाले साहमाथि चप्पल प्रहार गरेको स्थानीयले जनाएका छन् ।
स्थानीयहरु रामजानकी दुल्हा भगवान कुटीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा टुक्राटुक्रा पारी बिक्रि गर्न थालिएको भन्दै त्यसलाई रोक्न माग गर्दै ज्ञापन पत्र बुझाएका उपमहानगर कार्यालय पुगेका थिए ।
५ असार २०७९, आईतबार १६:२५ मा प्रकाशित