१७ असाेज २०७९, सोमबार
दुवै मृगौला खराब भएपछि प्रत्यारोपणका लागि झापाकी सबिता उप्रेतीको सहयोगको अपील
  • मध्यमार्ग

 

काठमाडौँ । झापाको बिर्तामोड नगरपालिका १० चैतुबारीकी सबिता उप्रेती बरालको दुवै मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोगको अपील गरिएको छ ।

दुवै मृगौला खराब भइ विगत ३ वर्षदेखि निरन्तर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको चिकित्सकहरुले सझाएका थिए ।

लामो समयको उपचारले पनि स्वास्थ्यमा सुधार आउनेभन्दा आर्थिक एवं शारीरिक रुपमा पनि कमजोर बनाएपछि अबको विकल्प काठमाडौँमा मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको हो ।

त्यस्तै, मृगौला प्रत्यारोपणका लागि यस अघि टिचिङ अस्पताल महाराजगञ्जमा दुई वर्ष अघिदेखि नै लाइनमा बसिएको परिवारले जनाएको छ । तर अस्पतलाले कोरोनाको कारण देखाउँदै कुनै पनि प्रतिक्रिया नजनाएको बिरामीका श्रीमान ज्ञानु बरालले बताएका छन् ।

हाल हप्तामा दुई पटक डायलसिस गराइरहेको र अब भारत गएर भए पनि मृगौला प्रत्यारोपण गर्ने प्रयासमा पुगेको उनी बताउँछन् । परिवारमा भने एक वर्ष अघि ससुराको क्यान्सरका कारण मृत्यु भएको र हाल सासुमा पनि क्यान्सर देखिएकोले पूर्वाञ्चल क्यान्सर अस्पतालमा शल्यक्रिया गरेर आराम गरिरहको दयनीय अवस्था छ ।

बिरामीका घरका परिवार खतरनाक रोगका शिकार भएकाले निरन्तर उपचारमा लागेको खर्चका कारण आर्थिक अवस्था दर्दनाक बनेको छ । जसका कारण परिवारले सबिताको उपचारका लागि इष्ट मित्र कुलकुटुम्ब गुहारिरहेको छ ।

सो परिवार हाल झापाको अर्जुनधारा नगरपालिका वडा नं. १० मा स्थायी बासेबास गरिरेको छ । बिरामीका १० र ५ वर्षका दुई छोरोहरु रहेका छन् । तिनै छोराहरुका लागि पनि बाँच्नका लागि अपील गरिरहेको उनको उपचारका लागि सक्दो सहयोग गर्न स्थानीयले आफैँ प्रयास गरिरहेका छन् भने अपील पनि गरेका छन् ।

उनको परिवारको आर्थिक अवस्था निकै कमजोर भएकाले उनको पुनर्जीवनका लागि सबैले सकेको सहयोग गरिदिन आग्रह गरिएको छ ।

सहयोगका लागि एनआईसी एशिया बैंक, झापाको शनिश्चरे शाखाको सबिता उप्रेतीको नाममा रहेको २०४५७५२११६४२१००१ नम्बरको खातामा नगद जम्मा गर्न सकिन्छ ।

त्यस्तै, बिरामीबारे थप जानकारीका लागि ९८१६९२५६४४ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

  • ४ असार २०७९, शनिबार २३:३३ मा प्रकाशित
  • Nabintech