९ असाेज २०७९, आईतबार
विदेश पठाइदिने भन्दै २१ लाख ठगी गर्ने पक्राउ
  • मध्यमार्ग

काठमाडौँ । बिदेश पठाई दिने भनी रकम ठगीमा संलग्न रही फरार रहेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१४ हाडिगाउँ बस्ने ३२ वर्षीय रुपेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले कास्की पोखरा महानगरपालिका–१६ बिरौटा बस्ने २२ वर्षीया महिलालाई क्यानडा पठाई दिन्छु भनी ११ लाख ७१ हजार रुपैयाँ तथा काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्ने २८ वर्षीया महिलालाई डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया लैजान्छु भनी ९ लाख ७५ हजार रुपैयाँ आफ्नै बैंक खातामा रकम जम्मा गर्न लगाई बिदेश नपठाई ठगी गरी फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद अनुमति लिई जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भई रहेको ।

  • ३ असार २०७९, शुक्रबार २२:१५ मा प्रकाशित
  • Nabintech