१७ असाेज २०७९, सोमबार
१ सय ८० जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु
  • मध्यमार्ग

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार ३ सय ४१ जनामा परीक्षण गर्दा १८० जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार सो समयमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ।

यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९३६ पुगेको मन्त्रालयले जनाएको छ।

नेपालमा हाल ८२३५ जना सक्रिय संक्रमित रहेका छन्।

  • १६ फागुन २०७८, सोमबार १६:०९ मा प्रकाशित
  • Nabintech