काठमाडौँ । नेपाली सेनाले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुन पत्र पठाएको स्पष्टिकरण दिएको छ ।
बिहीबार तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षत्रीले सन् २०१५ मा एसपीपीका लागि पत्राचार भएको सार्वजनिक भएपछि सैनिक मुख्यालयमा बसेको आकस्मिक बैठकले पत्र पठाएको स्वीकार गरेको हो ।
त्यस्तै, सन् २०१७ पनि एउटै व्यहारोका पत्राचार गरेको सैनिक प्रवक्ता नारायण सिलवालले दैनिक नेपाललाई जानकारी दिएका छन् ।
यद्यपि त्यतिबेला कुनै सम्झौता वा सैन्य गठबन्धनका लागि नभई पूर्णतः विपद व्यवस्थापनको क्षेत्रमा सहयोगका लागि पत्राचार गरिएको उनले बताए ।
सिलवालले कोहीसँग सैन्य गठबन्धन गर्ने वा सैन्य सहकार्यमा सही गर्ने वा मुलुकको असंलग्न परराष्ट्र नीति र भूराजनीतिक संवेदनशीलतामा प्रतिकूल हुने गरी नेपाली सेनाले केही पनि गरेको छैन र नगर्नेबारे स्पष्ट पारेका छन् ।
२ असार २०७९, बिहीबार २१:२१ मा प्रकाशित