काठमाडौँ । नुवाकोटको ककनीमा एक व्यक्ति शनिवार बिहानदेखि विजुली हाइटेन्सन लाइनमा हिँडेपछि विद्युत प्रशारण बन्द गरिएको छ ।
नुवाकोटको बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक बिजुलीको तारमा हिँड्न थालेपछी माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन समेत बन्द गरिएको प्रहरीले जनाएको छ । उनी शनिबार विहान ९ बजेदेखि हिँडेका थिए ।
उनको करिब ८ घण्टापछि नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ ।
उनले श्रीमतीको तनावले विजुलीको तारमा चढेको बताएका छन् ।
त्यस्तै, ति व्यक्ति हिँडेकाले उत्पादन र विजुलीको प्रशारण बन्द हुँदा एक करोड बढी घाटा लागेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
२९ जेठ २०७९, आईतबार ०८:३५ मा प्रकाशित