१७ असाेज २०७९, सोमबार
घानाविरुद्ध जापानको सानदार जित
  • मध्यमार्ग

काठमाडौं– एसियाली राष्ट्र जापानले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकी प्रतिद्वन्द्वी घानामाथि सानदार जित निकालेको छ।

घरेलु मैदान नोइभिर स्टेडियम कोवेमा शुक्रबार साँझ भएको खेलमा जापानले घानामाथि ४–१ को सानदार जित दर्ता गरेको हो।

जापानको जितमा मिकी यामाने, काओरु मितोमा, ताकेफुसा कुवो र दाइजेन माइदाले गोल गरे। घानाका जोर्डन एयुले एक गोल फर्काए।

खेलको २९औं मिनेटमा मिकी यामानेको गोलबाट जापानले सुरुआती अग्रता लिएको थियो। ४४औं मिनेटमा जोर्डन एयुले बराबरी गोल फर्काए।

यस्तै, पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा काओरु मितोमाले गोल गर्दै जापानलाई २–१ को अग्रता दिलाए।

७३औं मिनेटमा ताकेफुसा कुवोले गोल गर्दै खेललाई ३–१ ले अघि बढाए। ८२औं मिनेटमा दाइजेन माइदाले गोल गर्दै जापानको फराकिलो जित पक्का गरे।

  • २८ जेठ २०७९, शनिबार ०७:४४ मा प्रकाशित
  • Nabintech