९ असाेज २०७९, आईतबार
अमेरिका जाँदै हुनुहुन्छ? अब चाहिने छैन कोरोना नेगेटिभ प्रमाण
  • मध्यमार्ग

काठमाडौं– तपाईं हालै अमेरिका जाँदै हुनुहुन्छ? जसका लागि कोरोना परीक्षणको तयारीमा हुनुहुन्छ भने तपाईंका लागि एउटा सुखद् खबर छ। अमेरिका प्रवेश गर्न अब कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेस गर्नु नपर्ने भएको छ।

अमेरिकाले कोरोना भाइरसविरुद्धको युद्धमा उल्लेखनीय प्रगति हासिल गरेकाले अमेरिका पुग्ने हवाई यात्रुहरूले अबदेखि कोरोना नेगेटिभ प्रमाण पेस गर्नुपर्ने नियम हटाइएको बताइएको छ। यो नियम आइतबारदेखि लागू हुनेछ।

भ्रमण उद्योगले यो नीतिको अन्त्यका लागि सरकारमाथि निरन्तर दबाब दिँदै आएको थियो । भ्रमण व्यवसायीहरूले यस नीतिका कारण परिवारहरू विदेशमा अलपत्र पर्ने डरले हवाई टिकट बुकिङ गर्न मानिस डराउने गरेको समस्या स्पष्ट पारेका थिए।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले नयाँ नीतिको आगामी नब्बे दिनसम्म पुनर्मूल्यांकन गर्ने बताएको छ। महामारी बढेको खण्डमा हालको निर्णयमा पुनर्विचार गरिने अमेरिकी अधिकारीहरूले बताएका छन्।

अमेरिकाले कोरोना महामारीका कारण विश्वमै सबैभन्दा बढी मानवीय क्षति बेहोरेको छ।

  • २८ जेठ २०७९, शनिबार ०७:४१ मा प्रकाशित
  • Nabintech