९ असाेज २०७९, आईतबार
प्रदेश १ र मधेस प्रदेशमा मेघ गर्जनसहित वर्षा, यस्तो हुनेछ शनिबारको मौसम
  • मध्यमार्ग

काठमाडौं– आज शनिबार  देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल प्रदेश १ र मधेस प्रदेशका एक/दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

विभागका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

शनिबार आज राति प्रदेश १, मधेश , बागमती  र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ।

  • २८ जेठ २०७९, शनिबार ०७:३५ मा प्रकाशित
  • Nabintech