चितवन– वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनःसञ्चालनमा आएको छ।
गएराति ९:५ बजे चितवनको इच्छाकामना गाउँपालिका–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो।
पहिरो हटाएर राति साढे एक बजेबाट सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
२८ जेठ २०७९, शनिबार ०७:१९ मा प्रकाशित