२० असाेज २०७९, बिहीबार
घरेलु टोली अस्ट्रियासँग फ्रान्स १–१ को बराबरीमा रोकियो
  • मध्यमार्ग

काठमाडौं–​​​​​​​ डिफेन्डिङ च्याम्पियन फ्रान्स युईएफए नेसन्स लिग ए ग्रुप १ मा अस्ट्रियासँग हारबाट जोगिएको छ। वेइन अस्ट्रियामा शुक्रबार राति भएको खेलमा फ्रान्सले घरेलु टोलीसँग १–१ गोलको बराबरी खेल्यो।

अस्ट्रियाका लागि एन्ड्रिएस वेइमानले गोल गर्दा फ्रान्सका लागि परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका युवा स्टार केलियन एमबाप्पेले बराबरी गोल फर्काए।

खेलको ३७औं मिनेटमा वेइमानले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, ८३औं मिनेटमा परिवर्तित खेलाडी एमबाप्पेले गोल गर्दै फ्रान्सलाई हारबाट जोगाए। ६३औं मिनेटमा एन्टोइन ग्रिजमनको स्थानमा मैदान छिरेका एमबाप्पेले अर्का परिवर्तित खेलाडी क्रिस्टोफोर एनकुकुको पासमा गोल गरेका थिए।

बराबरीसँगै अस्ट्रिया दुई खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। फ्रान्सले ३ खेलबाट २ अंक मात्रै जोड्न सकेको छ। यो समूहमा डेनमार्क ६ अंक जोडेर शीर्षस्थानमा रहँदा क्रोएसिया ४ अंक जोडेर तेस्रो स्थानमा छ।

  • २८ जेठ २०७९, शनिबार ०७:०८ मा प्रकाशित
  • Nabintech