काठमाडौँ । बलिउड अभिनेता सलमान खानको हत्या प्रयास भएको छ ।
खानमाथि गोली प्रहारबाट हत्याको प्रयास भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
शुक्रबार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले मुम्बईमा हत्याको प्रयास गरेका हुन् ।
टाइम्स नेटवर्कलाई उद्धृत गर्दै सबै भारतीय सञ्चारमाध्यमले यस्तो उल्लेख गरेका छन् ।
पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको बिस्नोइ ग्याङका केही सार्पसुटरले खानको हत्याको प्रयास गरेका हुन् ।
सलमानको घरबाहिर सार्पसुटर पुगेर हत्याको प्रयास गरेको, तर अन्तिम समयमा फर्किएको फिल्मफेयरले जनाएको छ । खानले आफूलाई कतैबाट खतरा नरहेको भन्दै साइक्लिंगमा निस्किएका थिए ।
यसैबीच, मुम्बई प्रहरीले केही दिनअघि सलमान खान र उनका पिता सलिमलाई पत्रमार्फत ज्यान मार्ने धम्की दिएको कुराको पुष्टि गरेको छ । यो धम्कीमा लरेन्स बिस्नोइ ग्याङको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
२७ जेठ २०७९, शुक्रबार २१:३४ मा प्रकाशित