९ असाेज २०७९, आईतबार
एक करोड बिगो दाबी गरिएको बैंकिङ कसूर मुद्दामा एक जना पक्राउ
  • मध्यमार्ग

काठमाडौं– खातामा पर्याप्त मौज्दात (रकम) नहुँदा पनि एक करोड १० लाख रुपैयाँ बराबरको चेक काटेर दिनेलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको हरिपुर घर भइ काठमाडौंको नागार्जुन नगरपालिका–१० स्युचाटार बस्ने ३४ वर्षीय नरेन्द्र प्रकाश सुवेदी छन्।

आफ्नो बैंक खातामा पर्याप्त रकम नरहेको भन्ने जान्दादान्दै सुवेदीले एक करोड १० लाख रुपैयाँ बराबरको चेक काटेर दिएका थिए। बैंकमा पुग्दा उक्त चेक अनादर (बाउन्स) भएपछि रामबहादुर विकले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए।

उजुरीका आधारमा उच्च अदालत पाटनले सुवेदीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। अदालतबाट पक्राउ पूर्जी जारी भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सुवेदीलाई मंगलबार स्युचाटारबाट पक्राउ गरेको हो।

पक्राउ परेका सुवेदीलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त जनसेवा पठाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

  • १२ जेठ २०७९, बिहीबार ०६:३७ मा प्रकाशित
  • Nabintech