१० मंसिर २०७९, शनिबार
कस्तो छ आजको मौसम? थाहा पाइराख्नुहोस्
  • मध्यमार्ग

काठमाडौं– आज बिहीबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १ र बागमती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा भने मेघ गर्जन / चट्याङ र  हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान  विभागले जनाएको छ।

हाल नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको  र बिहान  प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश लागायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा सामान्य बदली रही प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको विभागले जनाएको छ।

विभागका अनुसार राति पनि पहाडी भू-भागका थोरै स्थानमा  मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

  • १२ जेठ २०७९, बिहीबार ०६:३० मा प्रकाशित
  • Nabintech