१७ असाेज २०७९, सोमबार
वैशाख ३० मा सवारी साधन नचल्ने, २७ मा सीमा नाका बन्द
  • मध्यमार्ग

काठमाडौँः निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका दिन वैशाख ३० गते सार्वजनिक सवारी साधन चल्न नदिने निर्णय गरेको छ ।

आयोगले निजी सवारी पनि प्रशासनको अनुमति पासबिनाका चलाउन नपाइने व्यवस्था गर्ने भएको छ ।

निर्वाचन आयोगले मतदानका दिन अनुमति पास विनाका सवारी साधन चलाउन नदिन भनेर सरकारलाई बिहीबार पत्र पठाएको हो ।

आयोगका अनुसार अपांगता भएका मतदाताका हकमा सम्बन्धित मुख्य निर्वाचन अधिकृतबाट सवारी अनुमति लिएर एकाघरका एक जनासहित मतदानस्थलमा जाने मापदण्ड तय गरिएको छ ।

आयोगले सवारी साधन अनुमतिका लागि जिल्ला प्रशासन कार्यालयलाई अधिकार दिइएको जनाएको छ । तर कुटनीतिक नियोगका सवारी साधनले भने निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाटै अनुमति लिनुपर्नेछ ।

सञ्चारकर्मीलाई सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र जारी गर्ने व्यवस्था गरिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदानका दिन दैनिक उपभोग्य वस्तु बोक्ने र अत्यावश्यक सवारी साधन भने चल्न सक्ने जनाए ।

  • २२ बैशाख २०७९, बिहीबार २१:३५ मा प्रकाशित
  • Nabintech