९ असाेज २०७९, आईतबार
धिरजप्रताप सिंह नेपाल प्रहरीको आईजी नियुक्त
  • मध्यमार्ग

काठमाडौं– सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी)मा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको हो।

सरकारले ज्येष्ठता मिचेर सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो।

उनीभन्दा डेढ वर्षअघि बढुवा भएका एआईजी विश्वराज पोखरेल र झण्डै एक वर्ष अघि बढुवा भएका सहकुलबहादुर थापालाई पन्छाउँदै सिंहलाई प्रहरी प्रमुख बनाइएको हो।

*सच्याइएको– सं

  • १८ बैशाख २०७९, आईतबार १४:०३ मा प्रकाशित
  • Nabintech