९ असाेज २०७९, आईतबार
भ्रष्टाचारीलाई ठाउँको ठाउँ कारवाही गर्छुः केशव स्थापित
  • मध्यमार्ग

काठमाडौँः नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकाको मेयरका उम्मेदवार बनेका केशव स्थापितले आफु विजयी भए महानगरमालाई रुपान्तरण गर्ने योजना भएको बताएका छन् ।

आफूसँग नयाँ महानगरपालिका बनाउने सयौँ योजना रहेको बताउँदै ती योजना कार्यान्वयन भए लाखौँले रोजगारी पाउने बताए ।

आइतबार मे दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘मसँग सयौं सय आइडियाहरु छ । यो मान्छे अनौठो कुरा गर्छ भन्छ, मेयरहरुले अनौठो नै कुरा गर्नुपर्छ’, स्थापितले भने । उनले आफु निर्वाचित भएपछि ६ महिनासम्म सगुन खाएर र मोवाइल अफ गरेर नबस्ने भन्दै निर्वाचित भएसँगै जनताको काममा खट्ने बताए ।

त्यस्तै, उनले आफुले पानी बाहेककको उपहार नलिने पनि बताए । उनले आधारभुत कुराहरु पहिला पुरा गरेर प्रशासनिक सुधार थाल्ने उनको भनाइ छ ।

उनले १० वर्षमा दलितहरु नरहने बताउँदै भ्रष्टाचार गरेको भनि प्रमाणसहित आए ठाउँको ठाउँ कारवाही गर्ने बताए ।

त्यस्तै, आफ्ना समस्या भन्न नागरिकलाई आग्रह गर्दै भने, ‘सम्वाद गर्ने, यो यो भनेर माग गर्ने । यति देलाकि नदेला भनेर सानो पाराले नगर्ने है ! यो पनि माग्ने त्यो पनि माग्ने, मैले हेरेझै गर्ने अनि केपी कमरेडको मुहार सम्झने र दनादन सही गर्ने, यति भनेपछि त हुन्छ होला नि त्यसैले यो सजिलो बाटो रोजौं ।’

  • १८ बैशाख २०७९, आईतबार १३:५६ मा प्रकाशित
  • Nabintech