काठमाडौं- भ्रमणकारी टोली जिम्बाबे ‘ए’ विरूद्वको टी२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ क्यानले शनिबार सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो।
नेपालले घरेलु मैदानमा तीन टी२० र तीन एकदिवसीय सिरिज खेल्दै छ। शनिबार नेपाल र जिम्बाबेबीच पहिलो एकदिवसीय खेल हुने भनिए पनि वर्षाका कारण टससमेत नभइ खेल स्थगित भएको थियो।
त्यसपछि क्यानले खेलतालिका परिमार्जन गर्दै एकदिवसीय अगाडि तीन टी२० सिरिज गर्ने घोषणा गरेको थियो। नेपालले आइतबार पहिलो टी२० खेल दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाबेसँग खेल्ने छ।
एकदिवसीयका लागि क्यानले शुक्रबार नै सन्दीपको कप्तानीमा टिमको घोषणा गरिसकेको छ।
नेपाली टी२० टोली:
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा, सागर ढकाल, शाहब आलम, किशोर महतो, विवेक यादव, बसिर अहमद, लोकेश बम र भीम सार्की
१७ बैशाख २०७९, शनिबार २१:४० मा प्रकाशित